धरानः धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन भएको छ । 

वीपी प्रतिष्ठान हाताभित्र रहेको क्लबको हलमा शनिबार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनबाट विरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षमा शुशीला राई निर्वाचित भएका छन् । 

यस्तै, सदस्यहरुमा जंगमोहन राई, बम प्रसाद लिम्बु, शुभध्वज लिम्बु, तुलशीराम आङ्देम्बे, झुना राई र शुक्र बहादुर राई मनोनित भएका छन् । धरानका मेयर एवं नेपाल गल्फ संघको केन्द्रीय उपाध्यक्ष तिलक राईको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल बनेको थियो । निर्वाचन मण्डलमा सदस्यहरु धरान गल्फ क्लबका निर्वतमान अध्यक्ष टिका लिम्बु, सल्लाहकार एसपी भीम दाहाल, लेखिराज सुब्बा र विष्णु कुमार राई रहेका थिए ।  

साधारणसभामा क्लबका कोषाध्यक्ष राजु राईले १२ औं अधिवेशन यताको आर्थिक आयव्यय प्रस्तुत गरेका थिए । मेयर राईले प्रदेश नं. १ को एकमात्र गल्फ कोर्ष धरानमा रहेको बताउँदै यसको संरक्षण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोडदिए ।