धरान: तरहरा स्पोर्टिङ्ग क्लव तरहराद्धारा आयोजितलएकदिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले जितेको छ । 

बुधबार आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ हाम्रो कलेक्सनले धरानकै ब्रदसलाई र महिलातर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा कलेक्सनले १७ – ९ स्केरले ब्रदर्शलाई हरायो भने यलम्वरले १२–५ अंकको मिराकललाई पराजित गर्यो । उपाधिसंगै पुरुष तर्फका विजेताले नगद १० हजार र महिलातर्फको विजेताले नगद ५ हजार रुपैया, ट्रफि र प्रमाण पत्र हात पारेको छ । 

basket1

खेलको उत्कृष्ट खेलाडी पुरुषतर्फ ब्रर्दसका सर्वोधन राई र महिला तर्फ यलम्वरका लियालिसा श्रेष्ठ घोषित भए । उनीहरुले प्रमाण पत्र र ट्रफि हात पारे । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई आयोजक क्लवका अध्यक्ष रविन्द्र भट्टराई, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, कार्यक्रमका सहयोगी स्वरुप इन्जिनियरिङ्गका संचालक सुरेश राई, क्लवका सल्लाहकार रोशन रेग्मी लगायतले पुरस्कार वितरण गरेका थिए ।

basket2