धरान: धरान १७ का आगलागी पीडित परिवारलाई हराईजन क्लबले आर्थिक सहयोग गरेको छ । 

क्लबले आगलागीबाट पीडित भएका परिवारलाई १३ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । क्लबका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिए । 

गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । उक्त घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए । आगलागीले दुवै परिवार विस्थापित भएका छन् ।