धरान: प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि हाम्रो धरान भेट्रानले जितेको छ । 

शनिबार दुहबीस्थित सरस्वती माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा हाम्रो धरानले भरौल भेट्रान सुनसरीलाई २ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । फाइनल खेलमा धरानका खेलाडी जनकराज सुनुवारले ४४ मिनेट र जोनी मोक्तानले ६० मिनेटमा गोल गरेका थिए । भरौल भेट्रानका खेलाडी डेनिम राईले ५७ मिनेटमा गोल गरे पनि सान्त्वनामा सिमित भयो । च्याम्पियन हाम्रो धरानले ट्रफीसँगै नगद ५१ हजार हात पार्यो भने भरौल भेट्रानले नगद ३१ हजारमा चित्त बुझायो । 

duhabi1

फाइनल खेलको म्यान अफ दि  म्याच हाम्रो धरान भेट्रानका जनक सुनुवार घोषित भए । उनले नगद १ हजार हात पारे । यसैगरि, प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी हाम्रो धरान भेट्रानका खगेन्द्र लिम्बु घोषित हुँदै नगद २५ सय पनि हात पारे भने प्रतियोगितामा ४ गोल गरेका भरौल भेट्रान भरौलका तीर्थ याक्सोले हाइ स्कोररको पुरस्कार नगद २ हजार हात पारे ।

यस्तै, बेष्ट कोच हाम्रो धरान भेट्रानका विकास गुरुंग घोषित हुदै नगद १५ सय हात पारे । वेष्ट मिडफिल्डरमा हाम्रो धरानका राकेश राई घोषित हुदै १५ हजार पाए भने बेष्ट डिफेन्स भरौल भेट्रानका विनय चौधरी घोषित हुदै नगद १५ सय हात पारे । प्रतियोगिताको बेष्ट गोलकिपर हाम्रो धरान भेट्रानका देबकान्त सिंह घोषित हुदै नगद १५ सय हात पारे । 

duhabi2

duhabi4

duhabi3