धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ कार्यसमितिमा संस्थापन देउवा र इतर पौडेल कोइराला समुहले प्यानल उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

संस्थापन (देउवा) समुहबाट सभापतिको उम्मेदवार प्रचार गरिएका तिलक राई ब्याक भएपछि नेतृ लक्ष्मी खतिवडाको नेतृत्वमा यो समुहले उम्मेदवारहरुको मनोनयन दर्ता गराएकी छिन् । यस्तै, यो समुहबाट सचिवमा देवेन्द्र लिम्बु र जयबहादुर लिम्बुले उम्मेद्वारी दर्ता गराएका छन् भने सहसचिवमा नारद राई र नविन प्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । 

congress2 3

यसैगरि, पौडेल कोइराला समुहले सुजेन्द्र तामाङको नेतृत्वमा प्यानलै उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सभापतिमा तामाङको उम्मेदवारी छ भने सचिवमा महेन्द्र प्रधान र केशव पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सहसचिवमा भोजकुमार न्यौपाने र सुमित राईले उम्मेदवारी दिएका छन् । सुनसरी क्षेत्र नं १ को मतदान केन्द्र धरान ८ स्थित सभागृह तोकिएको छ । भोली मंगलबार बिहान ८ बजेदेखि मतदान शुरु हुने भएको छ । 

congress9

congress8 1

congress4 2

congress5 1

congress3 3

congress6 2

congress7 2

congress 5