धरान:  नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ को सभापतिमा संस्थापन देउवा समुहबाट उम्मेदवार घोषणा गरेकी नेतृ लक्ष्मी खतिवडाले चुनावी प्रतिस्पर्धामा हार्न डराउने व्यक्तिले जित्न पनि नसक्ने बताएकी छिन् ।

देउवा समुहबाट उम्मेदवारी दिनेबारे आयोजित पत्रकार सम्मेलनमा नेतृ खतिवडाले यस्तो प्रतिक्रिया दिएकी हुन् । देउवा समुहबाट सभापतिका उम्मेद्वार तिलक राईले उम्मेद्वारी नदिने भएपछि आयोजित पत्रकार सम्मेलनमा राईप्रति लक्षित गर्दै भनिन्,‘के कारणले हो उहाँले खुट्टा टेक्न सक्नु भएन । चुनावमा लड्दा दुईटा विकल्प हुन्छ, कि हारिन्छ कि जितिन्छ । जो हार्न डराउछ, उसले जित्न पनि सक्दैन ।’

नेतृ खतिवडाले आफु सधै सत्य र न्यायको पक्षमा लागेर निष्ठा, इमान्दारितालाई अंगाल्दै राजनीतिमा लागेको उल्लेख गर्दै गए राती विकसित घटनाक्रम पछि उम्मेदवारी दिने निर्णयमा पुगेको बताइन् । उनले भनिन्, ‘हिजो राती विकसित भएको घटनाक्रम पछि हामीले एउटा निर्णय गर्नै पर्ने अवस्था आयो, र एउटा निर्णयमा पुगेका छौ । पार्टीको इमान्दार कार्यकर्ता भएको, पार्टीप्रति, यो देशका नागरिकहरुप्रति मेरो इमान्दार प्रयन्त जहिल्यै पनि रहन्छ । त्यो प्रयन्तको एउटा कडी हो ।’

laxmi

उनले लामो समय नेवि संघ, तरुण दल हुदै पार्टीको मुल नेतृत्वमा रहेर काम गरेको उल्लेख गर्दै उनले आफुसँग धराने जनतासँग जोडिएको कांग्रेसी कार्यकर्ताहरुको सुनौलो भविष्यको सपना भएको पनि बताइन् । साथै उनले पार्टीलाई बिक्री नगर्ने भन्दै दलाली, भ्रष्टीकरण र गुण्डागर्दीलाई मौलाउन नदिने पनि प्रतिवद्धता पनि जनाइन् । 

समुह बनाएर चुनावी मैदानमा उत्रिए पछि पार्टी एउटै भएकोले प्रतिस्पर्धा नभै अभ्यास मात्र भएको नेतृ खतिवडाको भनाई थियो । उनले कांग्रेसको प्रतिस्पर्धा तीन तहका निर्वाचनमा कम्युनिष्टहरुसँग गर्ने पनि बताइन् । ‘पार्टी भित्रको आन्तरिक निर्वाचनको श्रृंखलामा म आदरणीय अग्रजहरुको सरसल्लाह, साथ र आम युवातरुणहरुको माया, ममता र हौसालाको कारण मैदानमा छुँ,’उनले भनिन् । 

भिडियो: