धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आपसी समन्वय, सहकार्य एवं छलफलको माध्यमबाट समस्याको निराकरण गर्न अपिल गरेका छन् ।

उपकुलपति गिरीले मंगलबार अपिल जारी गर्दै प्रतिष्ठानको सर्वोपरि हितलाई ध्यानमा राखेर एकजुट भई अघि बढ्न पनि आग्रह गरेका छन् । उनले समस्याको निराकरण गर्नको लागि आपसी समन्वय, सहकार्य एवं छलफलबाट जहिले पनि जस्तो सुकै समस्याहरुको समाधान गर्न सकिने विश्वासका साथ वार्ता एवं छलफलको ढोका सदैव खुल्ला रहेको पनि प्रष्ट पारेका छन् । 

डा.गिरीले प्रतिष्ठान परिवार एवं सरोकारवाला निकायहरु एकवद्ध भई व्यक्तिगत एवं संस्थागत कमीकमजोरीहरुलाई आत्मसात गर्दै सुधार गर्ने पनि अपिलमा उल्लेख गरेका छन् । साथै, विद्यामान परिस्थितिमा ऐन, नियम, कानुनको परिधि भित्र रहेर प्रक्रियागत ढंगबाट हुने निर्णयको सबैले उच्च सम्मानका साथ स्वागत गर्ने वातावरण सृर्जना गर्न पनि आग्रह गरेका छन् । 

vc-appeal