धरान: धरानमा जारी गोधुली फुटबल रनिङ्ग कपमा आज बुधबार ४ वटा खेल सम्पन्न भएको छ । 

धरान १६ स्थित रंगशालामा भएको चार खेलमा वडा नं ८, १५, ११ र १९ विजयी भएको छ । चारै टिम जित हासिल गरेसँगै क्वाटर फाइनल प्रवेश गरेको आयोजक क्लबले जानकारी दिएको छ । पहिलो खेलमा वडा नं ८ ले वडा ९ लाई ३–० गोल अन्तरले हरायो । वडा ८ को जितमा आमोद माझीले १८ औं मिनेट र दोस्रो हाफको इञ्जुरी समयमा २ गोल गरे भने सविन राना मगरले २९ औं मिनेटमा १ गोल गरे । खेलको म्यान अफ  द म्याच वडा नं. ८ का मदन लाबुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । 

त्यस्तै गरी दोस्रो खेलमा जित हात पार्दै वडा नं. १५ क्वाटर फाइनलमा प्रवेश गरेको छ । वडा १५ ले वडा नं १० लाई २–० ले पराजित गरेको छ । वडा १५ को लागि सुवास मगर र सुगम जिमीले गोल गरे । खेलको म्यान अफ द म्याच वडा नं. १५ का सुगम जिमी घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

godhuli1 2

तेस्रो खेलमा वडा नं. ११ ले वडा नं. १७ लाई २–१ ले पराजित ग¥यो । वडा ११ को जितमा रिवस मास्केले खेलको ८ मिनेटमा गोल गरेका थिए । तर २५ औं मिनेटमा १७ नं. वडाका नगेन्द्र विकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर एक मिनेट वित्न नपाउदै ११ नं. वडाका दावा शेर्पाले गोल गर्दै ११ नं. वडालाई २–१ को अग्रता दिलाए । वडा नं १७ को दर्जन बढी प्रहारलाई असफल बनाएका वडा ११ का गोल किपर प्रदीप जिमी म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

godhuli2 1

यस्तै, अन्तिम खेलमा वडा नं २० लाई ४–० जित हात पार्दै वडा नं. १९ पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । वडा १९ को लागि इन्चन राईले २ गोल गरे भने आयाम राई र विनोद राईले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १९ नं. वडाका विनोद रार्ई घोषित भए । उनलाई पनि नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । भोली (बिहिबार) पहिलो खेल वडा नं. १६ र ७ बीच दिउसो १ बजे र दोस्रो खेल वडा नं. ६ र १३ बिच दिउसो ३ बजे धरान रंगशालामा हुने भएको छ ।