धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन धरान वडा नं १४ लाई पराजित गर्दै वडा १६ फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको सेमीफाइनल खेलमा वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । यो जितसँगै वडा १६ ले गत बर्ष फाइनलमा भएको हारको वदला पनि वडा १४ सँग लिएको छ । गत बर्ष फाइनलमा वडा १६ वडा नं १४ सँग पराजित हुँदै उपाधिविहिन भएको थियो ।

वडा नं १४ सँग वदला लिने क्रममा वडा १६ का शैलेन्द्र नेपाल र जमिन लिम्बुले गोल गरे । शैलेन्द्रले पहिलो हाफको ३० औं र जमिनले ३४ औं मिनेटमा गोल गरेका थिए । वडा १४ का विपिन श्रेष्ठल ३५ औं मिनेटमा गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । उक्त खेलको म्यान अफ दि म्याच वडा १६ का शैलेन्द्र नेपाल घोषित भए । उनले नगद २५ सय पुरस्कार हात पारे ।

प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल पनि अहिले भइरहेको छ । धरान १६ स्थित रंगशालामा वडा नं ८ र वडा नं १३ बीच दोस्रो सेमीफाइनल खेल भइरहेको छ । यो खेलको विजेताले भोली आइतबार फाइनलमा वडा नं १६ को सामना गर्नुपर्नेछ ।