धरान: सुनसरी जिल्ला बक्सिङ संघको आयोजनामा फागुन पहिलो साता धरानमा ३ दिने बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी फागुन ५,६ र ७ गते प्रतियोगिता आयोजना गर्ने संघले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिप र दोस्रो वीर गणेशमान सिंह १ नम्बर प्रदेश नोभिस बक्सिङ प्रतियोगिता गर्ने जानकारी दिएको हो । बक्सिङ खेलको प्रवद्र्धन तथा राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष विकासकुमार गुभाजुले बताए । 

boxing1

फेदर वेट बक्सिङ च्याम्पियनसिप फेदर वेटका खेलाडीहरु ओलम्पियन नरेन्द्र पोमो, अनुपकुमार लामा र निमा तामाङको नाममा आयोजना हुन लागेको हो । धरानका यी खेलाडीहरु जिवित रहेकै बेला सम्मान गर्ने उद्देश्यले उनीहरुको नाममा फेदर वेट बक्सिङ प्रतियोगिता गर्न लागेको आयोजकको भनाई छ । फेदर वेट च्याम्पियनसिपमा देशभरबाट २० जना खेलाडीहरु र २० जना प्रतिशक सहभागी हुने आयोजक संघले जनाएको छ । प्रथम हुने खेलाडीले नगद २० हजार र मेडल पाउनेछन् भने दोस्रो हुनेले १५ हजार र तेस्रो हुने २ खेलाडीले जनही नगद १० हजार, मेडल पुरस्कार पाउनेछन् । 

भिडियो: यसैगरि, वीर गणेशमान सिंह १ नम्बर प्रदेश नोभिस बक्सिङ प्रतियोगितामा भने प्रदेश १ का १४ मध्ये १० जिल्लाबाट महिला तथा पुरुष खेलाडी र प्रशिक्षक, व्यवस्थापक गरि ८० जना सहभागी हुने आयोजकले जनाएको छ । ती मध्ये ६० जना खेलाडी हुने अध्यक्ष गुभाजुले जानकारी दिए ।

नोभिस प्रतियोगितामा महिला तथा पुरुष वेष्ट बक्सरले जनही नगद ५ हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट टिम प्रथम, उत्कृष्ट अनुशासित टिम र उत्कृष्ट टिम प्रशिक्षकले पनि जनही ५ हजार पुरस्कार पाउनेछन् । नोभिसका पहिला तथा पुरुष पदकधारी खेलाडीहरुलाई मेडल तथ प्रमाणपत्र दिइनेछ । हाल कोभिडको संक्रमण बढ्दै गएपनि फागुनसम्म कम हुने अपेक्षा गरिएको र संक्रमण दर कम नभए प्रतियोगिता सर्न सक्ने बक्सिङ प्रशिक्षक अनुप लामाले जानकारी दिए । 

भिडियो: