धरान: तेस्रो कोरोना भरियन्टको कारण रोकिएको दोस्रो अशोक स्मृति बास्केटवल रनिङ्ग कप आइतवारदेखि सुरु हुने भएको छ।
डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा माघ १ गते देखि सुरु हुन लागेको प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेपछि केही समयको लागि जनाउदै आयोजकले प्रतियोगिता स्थगित गरेको थियो । प्रतियोगिता बास्केटवलका पुर्व राष्ट्रिय खेलाडि रवि बास्फोरका दिवंगत वुवा अशोक बास्फोरको स्मृतिमा सुरु गरिएको हो ।
प्रतियोगितामा धरान, तरहरा, झापा र बेलवारीका १० टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमहरु आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जार्गति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी, तरहरा र झापा रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडिले नगद ४ हजार, बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता फागुन ८ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगिताको फाइनल खेलको दिन २।० थ्री पोइन्ट कम्पिटिसन समेत सम्पन्न हुनेछ। थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न हुने प्रतियोगिता विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ ।