धरान: डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा जारी दोस्रो अशोक स्मृति बास्केटवलको तेस्रो दिन (मंगलबार) को खेलमा व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएको छ । 

व्रदसले आयोजक वेलवारीलाई ७१–२४, तरहराले विर्तामोडलाई ५१–५०, होराइजनले युवा आयोजक डायनामिकलाई ६२–४२ र हाम्रो कलेक्सनले यलम्वरलाई ६१–३० अंकको अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा व्रदस र वेलवारीले प्रत्येक क्वाटरमा १५–२, १६–१४, १८–३ र २२–५  र दोस्रो खेलमा तरहरा र विर्तामोडले १४–१२, ११–८, ८–१४ र १८–१६ अंक जोडेका थिए । त्यस्तै गरि तेस्रो खेलमा होराइजन र आयोजक डायनामिले १६–९, १३–११, १९–१२ र १४–१० र चौथो खेलमा हाम्रो कलेक्सन र यलम्वरले १२–२, १८–११, १२–६ र १५–११ अंक जोडेका थिए ।

 पहिलो खेलमा व्रदसका सुजन राईले २२, विर्तामोडका जेनिस सिंहले २२, तेस्रो खेलमा होराइजनका सुदिप राईले २३ र चौथो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले १३ अंक व्यक्तिगत जोडेका थिए । लिगकम नकआउटमा संपन्न हुने प्रतियोगिताको चौथो दिन वुधवार व्रदस र विर्तामोड, तरहरा र मिराकल विच प्रतिश्पर्धा हुनेछ । त्यस्तै गरि सोहि साझ होराइजन र हाम्रो कलेक्सन र युवा जागृति र यलम्वर विच प्रतिश्पर्धा गर्नेछ । फागुन १४ गते फाइनल हुने प्रतियोगिता पुर्व राष्ट्रिय बास्केटवल खेलाडी रवि वास्फोरका दिवंगत बुबा असोक वास्फोरको स्मृतिमा आयोजना गरिएको हो ।