धरान: अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफलको लागि आज पेश हुदैछ । संसदमा एमसीसी पेश हुने भएसँगै राजधानी काठमण्डौंलगायत देशभर प्रर्दशन पनि भइरहेको छ । 

  धरानमा पनि आज एमसीसीविरुद्ध प्रर्दशन हुदैछ । नागरिक अभियन्ता र यहाँका राजनीतिक दलहरुले एमसीसीविरुद्ध प्रर्दशन गर्न लागेका हुन् । धरान १८ स्थित बुद्धचोकबाट अहिले हर्क साम्पाङको नेतृत्वमा नागरिकहरुले एमसीसी विरुद्ध र्याली निकालेका छन् । उनीहरु बुद्धचोकबाट दुर्गाचोक, पुतलीलाइन हुदै भानुचोकमा पुगेर कोण सभा गर्ने भएका छन् । 

यस्तै, आज नै दिउँसो २ बजे धरान १५ स्थित रात्री बसपार्कबाट पनि एमसीसीविरुद्ध प्रर्दशन हुने कार्यक्रम छ । त्यहाँबाट पनि प्रर्दशन सदन रोड हुदै भानुचोकसम्म आउने भएको छ । 

mcc2 3

mcc1 3