धरान: लियोनल मेस्सी र रोनाल्डो वर्तमान फुटवल जगतका महान खेलाडी हुन् । फुटबल खेल मन पराउनेहरुको लागि प्रिय हुन् भने खेलाडी बन्न चाहनेहरुको लागि आर्दश ।

यिनै मेस्सी र रोनाल्डो झैं खेलाडी बन्ने सपना बोकेका धरानका बालबालिकाहरु आज शनिबार बिहानै धरान १६ स्थित रंगशालामा भेला भए । त्यसपछि शुरु भयो, उनीहरुको प्रशिक्षण । धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिले ग्रासरुट फुटबल प्रशिक्षण शुरु गरेको हो । हरेक शनिबार बिहान ७ बजेदेखि हुने प्रशिक्षणमा ६ देखि १२ बर्षका बालबालिकाहरु सहभागी हुन पाउछन् । प्रशिक्षण निःशुल्क आयोजना भएको हो । 

grassroot

सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षण बढाउन तथा भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको खेलकुद विकास समिति सदस्य तथा प्रशिक्षण कार्यक्रम संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार पहिलो दिन सयको हाराहारीमा सहभागी भएका थिए । इच्छुक बालबालिकाहरुले आउदो शनिबार पनि सहभागी हुन पाउने उनले बताए । 

धरानलाई मिनि ब्राजिल भनिए पनि खेलाडीहरु कम हुदै गएको र प्रतियोगिताहरु पनि धेरै हुन छोडेको उनले बताए । ‘फुटबललाई बचाउन ग्रासरुट गरौ, बच्चादेखि नै फुटबल सिकाउ भनेर आयोजना गरिएको हो,’उनले भने,‘गत जेठमा नै हुनुपर्ने थियो, कोरोनाले रोकियो । अब असारसम्मै निरन्तर हरेक शनिबार प्रशिक्षण हुन्छ ।’

धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले सानै उमेरदेखि बच्चाहरुलाई सिकाए मात्र भविष्यमा दक्ष खेलाडी उत्पादन हुने भएकोले ग्रास रुट कार्यक्रम गरिएको बताइन् । ‘धेरै आकर्षित भएका छन् । भविष्यमा दक्ष, योग्य खेलाडीहरु पाउछौं भन्ने आशा छ,’उनले भनिन् । 

grassroot1

grassroot3

grassroot5

grassroot7

grassroot6

grassroot9

grassroot10

grassroot11

grassroot12

grassroot8

grassroot15

grassroot4

grassroot13

grassroot14