धरान:  दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ ।

       आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

         फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदसका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडि हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अंक जोडेका थिए । डिमाण्डु म्यान अफ द म्याच सर्वोधनले नगद  तिन हजार, ट्रफि, कफि पव एण्ड रेष्टोका ५ सय रुपैया वरावरको फुड भौचर र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै गरि उत्कृष्ट खेलाडि हेमन्तले नगद ४ हजार , बास्केटवल जुत्ता, कफि पव एण्ड रेष्टोका ५ सय रुपैया वरावरको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष सोनु मण्डल, प्रमुख अतिथि वाड नं १८का वडाध्यक्ष प्रविण राई, विशेष अतिथि दिवंगत अशोक वास्फोरका श्रीमति इन्द्रावति वास्फोर, नेपाल बास्केटवल संघका के। उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

basket1 2

        अत्यन्त्य प्रतिश्पर्धात्मक भएको फाइनल खेलमा हाम्रो कलेक्सन र व्रदसले प्रत्येक क्वाटरमा क्रमशः ३–१४, २१–१३, १०–८ र २३–१२ अंक जोडेका थिए । होम एण्ड अवेको आधारमा वेस्ट अफ र्थी खेलाइएको सेमिफाइनलमा व्रदसले यलम्वर लाई र हाम्रो कलेक्सनले तरहरालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

       त्यस्तै गरि सोहि दिन विहान संपन्न भएको टु पोइन्ट ओ र्थी पोइन्ट कम्पिटिशनको उपाधि यलम्वर क्लवका दिवस राईले जितेका छन । उनिले एक मिनटमा ७ वटा र्थी पोइन्ट वास्केट गर्दै उपाधि जितेका हुन । उनले नगद तिन हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।

        फागुन ८ देखि १४ गते सम्म संपन्न प्रतियोगितामा धरान , तरहरा, झापा र वेलवारीका गरि दश टिमले सहभागिता जनाएको थियो । सहभागि टिमहरुमा आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी, तरहरा र झापा रहेको थियो । लिगकम नकआउटको आधारमा संपन्न भएको प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको थियो ।