धरान: झापा जिल्लाको विर्तामोडमा थ्री वाइ थ्री प्रदेश १ स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई धरान मेघा हिमालयन कलेजले विदाइ गरको छ । 

आज हुने एक दिने प्रतियोगितामा सहभागी हुने चार जना महिला खेलाडी र एक जना प्रशिक्षकलाई एक कार्यक्रको आयोजना गरि कलेजले विदाइ गरेको हो । सहभागी खेलाडीहरुमा डा.आशा राई, अक्षता श्रेष्ठ, प्रनिसा ओझा, सितल तामाङ र प्रशिक्षकमा हेमन्त राई रहेका छन् । कलेजका प्राचार्य भाष्कर पौडेलले खेलाडीहरुलाई खादा ओढाएर विदाई गर्दै अनुशासित भएर खेल प्रर्दशन गर्न र उपाधि जितेर आउन शुभभकामना दिएका थिए । 

      विर्तामोड ५ नम्बर वडाको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिङदेनले जानकारी दिएका छन् ।

प्रतियोगिताका पुरुष तर्फका विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि महिला तर्फका विजेताले नगद ५ हजार र उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदाई कार्यक्रममा धरान मेघा हिमालयन कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेम, शिक्षक जितवहादुर लिम्वु लगायतको उपस्थिति रहेको थियो ।