धरान: होली शुक्रबार धरानमा पनि धुमधामले मनाइएको छ । 

होलीको अवसरमा धरानको भानुचोकमा होली हंगामा कार्यक्रम आयोजना भएको थियो । धरानको चर्चित ब्याण्ड द आउटसाइडर्सको आयोजनामा भएको होली हंगामा २ बर्ष पछि भएको हो । कोरोना महामारीले पछिल्लो २ बर्ष होली हंगामा कार्यक्रम प्रभावित भएको थियो । त्यसैले पनि यो बर्ष होली हंगामा कार्यक्रममा झुम्ने धराने युवायुवतीहरुको संख्या अत्यधिक थियो । 

कार्यक्रममा विभिन्न ब्याण्डहरुको प्रस्तुती रहेको थियो । सांगीतिक प्रस्तुतीमा धरानका युवायुवतीहरु मस्तसँग झुमेका थिए । कुनै अप्रिय घटना हुन नदिन धरानमा सय भन्दा बढी प्रहरी परिचालन समेत भएको थियो । 

७० वटा मोटरसाइकल नियन्त्रणमा 

holi-hangama4

शुक्रबार होली पर्व मनाउने क्रममा धरानमा कुनै अप्रिय घटना भएन । तर, ट्राफिक नियम उल्लंघन गर्ने ७० वटा दुई पांग्रे सवारीसाधन भने नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । 

प्रहरी निरीक्षक ओलीका अनुसार हेल्मेट नलगाएका, ३ जना सवार रहेका सवारीसाधन निन्त्रणमा लिइएको हो । उनले भने, कुनै अप्रिय घटना धरानमा भएन । हेल्मेट नलगाएको, ३ जना सवार भएको सवारीसाधन नियन्त्रणमा लिएका छौ । आवश्यक काजगपत्र लिएर आउनु भनेर मान्छे घर पठाएका छौ । 

भिडियो :

holi-hangama2

holi-hangama11

holi-hangama10

holi-hangama9

holi-hangama5

holi-hangama4