धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताएका छन् । 

धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बास्केटवल प्रतियोगाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सरकार केन्द्रीत हुने पनि बताए । साथै उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि बताए । उनले खेलकुदको माध्यमबाट देश–देशको वीच सम्वन्ध गाढा बनाउन सकिने धारणा पनि व्यक्त गरे ।

खेलकुद क्षेत्र महत्वूर्ण भएकोले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवश्यक रहेको मन्त्री राईले जोडदिए । उनले बास्केटबल खेलका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने पनि बताए । मन्त्री राईले स्वस्थ राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताए ।