धरान: धरानमा जारी प्रथम मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगितामा वडा नं १५ फाईनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको सेमीफाईनल खेलमा वडा नं ८ लाई ६८ ६० स्कोरले पराजित गर्दै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा १५ ले प्रत्येक क्वाटरमा १९-१४-१७-१८ स्कोर गरेको थियो भने वडा ८ ले १७-१४-१३-१६ स्कोर गरेको थियो । खेलमा सर्वाधिक २० स्कोर गर्दै म्यान अफ म्याच वडा १५ का शिशिर राई घोषित भए । उनले नगद एक हजार र मेडल प्राप्त गरे । 

शनिबार दोस्रो सेमीफाईनल खेल वडा १७ र वडा १८ बीच दिनको ३ बजे हुने आयोजकले जनाएको छ । उक्त खेलको विजेताले फाइनलमा वडा नं १५ को सामना गर्नुपर्ने छ । प्रतियोगिताको फाइनल बैशाख ११ गते हुनेछ । प्रतियोगिता धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा भइरहेको छ । विजेताले ट्रफि, मेडलसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ट्रफि, मेडलसहित नगद २५ हजार पाउनेछ । प्रतियोगिता धरान उपमहानगरपालिकाको आयोजना तथा हराईजन क्लबको व्यवस्थापनमा भइरहेको हो ।