धरान: मेयर कप वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान वडा नं १७ ले जितेको छ । 

आइतबार भएको फाइनल खेलमा वडा १७ ले वडा नं १५ लाई ७९  ७६ स्कोर गर्दै उपाधि जितेको हो । हराईजन क्लबको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वडा १७ ले प्रत्येक क्वाटर १०-२९-१५-२५ स्कोर गरेको थियो भने वडा १५ ले  १७-१२-२५-२२ स्कोर गरेको थियो । विजेता वडा १७ ले ५० हजार नगदसहित ट्रफि र मेडल हात पार्यो भने उपविजेता वडा १५ ले नगद २५ हजारमा चित्त बुझायो । 

प्रतियागिताको सर्वोत्कृष्ट खेलाडी वडा १७ का कबिन मगर घोषित भए । उनले फाइनल खेलमा व्यक्तिगत ३५ स्कोर गरेका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित हुदै उनले नगद ५ हजार हात पारे । फाइनल खेलको म्यान अफ द म्याच भने वडा १५ का सन्तोष तामांग भए । उनले नगद १ हजार र मेडल पाए । उदयमान खेलाडी घोषित हुदै वडा १७ का सबिन राईले नगद ३ हजार पाए । धरान उपमहानगरपालिकाको आयोजना, सियोन स्कुलको बिशेष सहयोग र हराईजन क्लबको व्यवस्थापनमा प्रतियोगिता भएको थियो ।