धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । 

धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । उक्त दिन नभ्याएका उम्मेद्वारहरुले आज पनि मनोनयन दर्ता गराएका छन् । 

आज दोस्रो दिन भने ठुला दलहरुलाई उम्मेद्वारी मनोनयन दर्ताको समय दिइएको थियो । दिउँसो २ बजेसम्म नेकपा एमालेले मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । पार्टी कार्यालयबाट साँस्कृतिक झाँकीसहित एमालेका उम्मेद्वारहरु मनोयन दर्ता गराउन धरान १२ पब्लिक स्कुलको प्राविधिक भवनमा पुगेका थिए । 

dharan-election 2

एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्पोले मनोनयन दर्ता गराएका छन् । यस्तै, २० वटै वडाका अध्यक्षसहित सदस्यहरुमा पनि मनोयन दर्ता गराएका छन् । त्यसपछि जनता समाजवादी पार्टी (जसपा)को टोली मेयरका उम्मेद्वार ताजुब लिम्बु र उपमेयरका उम्मेदवार विनादेवी राईसहित मनोनयन दर्ता गर्न पुगेको थियो । सत्तारुढ दल जसपाले धरानमा भने चुनावी गठबन्धनबाट बाहिरिएर मेयर, उपमेयरसहित अधिकांश वडाहरुमा आफै उम्मेद्वारी दर्ता गरेको छ । 

dharan-election14

यसैगरि, राप्रपाले पनि मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईसहित विभिन्न वडाहरुमा पनि उम्मेद्वारी मनोनयन दर्ता गराएको थियो । अन्तिममा तीन दलिय गठबन्धनबाट मेयरका उम्मेद्वार नेपाली कांग्रेसका किसोर राई र उपमेयरका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा पनि उम्मेद्वारी मनोनयन दर्ता गराउन पुगेका छन् । गठबन्धन दल पनि साँस्कृति झाँकीको र्यालीसहित पुगेको थियो । गठबन्धनले मेयर र उपमेयरमा क्रमशः कांग्रेस र माओवादीलाई भागवण्डा गरेपनि वडाहरुमा भने मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने गरि उम्मेद्वार उठाउने निर्णय गरेका छन् । दुवै पार्टीले मेयर र उपमेयरको उम्मेद्वारको टुंगो आज मध्याह्न तिर मात्र गरेको थियो ।

भिडियो:

dharan-election28

election-dharan28

election 1

dharan-election5

dharan-election4

dharan-election1

dharan-election9

dharan-election10

dharan-election25

dharan-election13

dharan-election6

dharan-election8

dharan-election7

dharan-election20

dharan-election23

dharan-election21

dharan-election26

dharan-election27

dharan-election19

dharan-election10

dharan-election17

dharan-election20

dharan-election16