धरान: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानका जनताले एमाले नजिताउ भनेर सोच्न नसक्ने भएपनि २०७६ को उपनिर्वाचन कसरी हार्यो ? भनेर आश्चर्य प्रकट गरेका छन् ।

बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको क्रममा शनिबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानमा उपनिर्वाचन हार्दा आफु छक्क परेको बताएका हुन् । उनले धरानमा एमालेले जसलाई उठाए पनि जितेको भन्दै उपनिर्वाचनको हारले आफु पनि छक्क परेको बताए । उनले धरानमा चुनावको बेला जातीय कुरा उठ्ने गरेपनि जनताले एमालेबाट जो उठे पनि जितेको जिकिर गरे । 

‘यहाँ कहिले कुन्ता शर्मा उठायौ, कहिले मनोज मेन्याङ्बो उठायौ, कहिले कृष्णकुमार राई उठायौं, जो उठायो एमालेले जित्यो,’ओलीले भने,‘अलिकति उपनिर्वाचनमा कसरी कसरी तौल मिलेन, एमाले आफैले भित्रबाट बुद्धि पुगेन कि म जान्दिन । जनताले एमालेलाई नजिताउ भन्ने त धरानमा सोच्दै सोच्दैन, कसरी हार्यो म पनि छक्क परेको छुँ ।’ उपनिर्वाचन हार्नुमा आफ्नै खालका कमजोरीहरु हुनसक्ने भन्दै ओलीले भने,‘नत्र भने धरान सदैव सचेत ठाउँ रहेको छ । धरान सधै एमालेको किल्ला रहेको छ । यहाँको जनता सचेत छन् ।’

kp-oli-dhrn

ओलीले धरानमा मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुको जितको टुंगो लागिसकेको भन्दै औपचारिकताको लागि मात्र ३० गते पर्खनुपरेको बताए । २०७४ सालमा १४ वटा वडा मात्र जितेको धरानमा अब ६ वटा पनि थपिएर २० वटै वडा जित्ने उनले बताए । ओलीले भने,‘एमालेले नजितेर कल्ले जित्ने ? एमोले नजितेर अरुले किन जित्ने ? गठबन्धनले वृद्ध भत्ता दिएर हो ? मदन भण्डारी राजमार्ग बनाएको हो ? यहाँ कोशीमा पुल बनाउछ ? स्टिमर चलाउनुपर्छ भन्दा पानीको साना जहाज बाल्टीमा हालेर मजाक गर्थे, अहिले उनीहरु चढेर मजा लिन्छन् ।’

भिडियो:

kp-oli-dhrn1

kp-oli-dhrn6

oli-ba

oli-baa1

kp-oli-dhrn7

kp-oli-dhrn4

kp-oli-dhrn2

kp-oli-dhrn5

kp-oli-dhrn3