धरान: धरान रन समुहका संस्थापक सन्तोष राईले स्पाइनल इञ्जुरी संघ प्रदेश नं १ लाई अक्षय कोषको लागि ५ लाख २४ हजार रकम सहयोग गरेका छन् ।

राईले अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको  ‘हिमालयन एक्सट्राई’ मा सफलता पाएपछि संघको प्रदेश नं १ लाई अक्षय कोषको लागि उक्त नगद सहयोग गरेको हो । उनले स्पाइनल इन्जुरीका सदस्य आशिष राईलाइ १ लाख २६ समेत सहयोग हस्तान्तरण गरेका छन् । आशिष राईको लागि पनि धरान रन समुहले पहिला नै अक्षय कोष स्थापना गरेको थियो । 

धरान रन समुहले स्पाइनल इञ्जुरी संघका लागि २० हजारको अक्षय कोष स्थापना गरेको थियो । उक्त अक्षय कोषलाई राईले ट्राइयाथलनबाट व्यक्तिगतरुपमा देश, विदेशबाट सहयोग जुटाएका थिए । संकलन भएको उक्त रकम बुधबार स्पाइनल इन्जुरी संघ प्रदेश नं १ को इटहरीस्थित कार्यालयमा हस्तान्तरण गरिएको हो । 

santosh

गत शनिबार पोखरामा सम्पन्न विश्वकै कठिन मानिएको ४ हजार मिटरको  ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको  ‘हिमालयन एक्सट्राई’ मा  राईले २० घन्टा ५८ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै १० औँ स्थान बनाएका थिए । ‘एक्सट्रिम वल्र्ड टुर ट्रायथलन’अन्तर्गत पोखरामा भएको ‘हिमालयन एक्सट्राई’ ट्रायथलनको उपाधि स्विडेनका योहान हेसलमार्कले उचालेका थिए । उनले १६ देशका १७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै निर्धारित ३.८ किमि पौडी, १६० किमि साइक्लिङ र ४५ किमि दौड १६ घन्टा आठ मिनेट १२ सेकेन्डमा पूरा गरे । नेपालबाट एकमात्र सहभागी सन्तोष राई र महिलाबाट सोनी गरुङ्ग सहभागी भएका थिए । 

santosh1

प्रतियोगीहरूले ७ सय ४२ मिटरको उचाइबाट सुरु गरेको प्रतिस्पर्धा ४ हजार मिटरको उचाइमा पुगेर ल्वाङमा आएर सम्पन्न भएको थियो । प्रतिस्पर्धीहरूले शनिबार बिहान ४ बजे फेवातालमा पौडी गरेका थिए भने त्यसपछि साइक्लिङ र निर्धारित दौड पूरा गरेका थिए । खेलाडीहरु साइकलबाट पोखरा हुँदै बागलुङ कलिकास्थान मन्दिर हुँदै फर्किएर पुनः कास्कीको काँडेबाट दौड सुरु गरेका थिए । कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै पुनः कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर सम्पन्न भएको थियो । दुई वर्षअघि आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाको कारण यसपाली भएको हो । 

santosah