धरान:धरानका मेयर हर्क साम्पाङ बिहिबार हातमा झाडु बोकेर भानुचोकमा पुगे । 

उनले अघिल्लो दिन नै दिउँसो ३ बजे भानुचोक सफाई कार्यक्रमबारे फेसबुक पेजबाट आह्वान गरेका थिए । उनका समर्थकहरुका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रमको लागि पुगिसकेका थिए । बर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेयर आफै झाडु लिएर पुगेपछि अचम्मित हुदै हेर्नेहरुको पनि भिड लाग्यो ।

मेयर राईले आफ्नो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउनको लागि आफै सरसफाई अभियानमा आएको बताए । आफुबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसाल्न अनुरोध गर्दै आफु झाडु बोकेर आएको पनि मेयर साम्पाङले बताए । उनले भने,‘मेरो लक्ष्य अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्नुपर्छ भन्ने छ । यसमा म एक्लैले पुरा गर्दिन, सबैको साथ सहयोग चाहिन्छ । मेरो अनुरोध छ, अब उप्रान्त सडकमा केही पनि फोहोर नफालौं ।’

jhadu2

फोहोर जथाभावी फाल्ने बानी सुधार नभए नियम लगाउने भन्दै उनले त्यो दिन आउनु अघि नै धरानका जनताको बानीमा सुधार आउने उनले अपेक्षा व्यक्त गरे । हिजो आफु अभियन्ताकोरुपमा मात्र हुँदा प्रभाव नपर्ने तर अहिले नगर प्रमुखकोरुपमा सबै निकायलाई परिचालन गरेर प्रभावकारी अभियान गर्नसक्ने उनले बताए । सबैको साथ सहयोग भएमा धरानलाई धेरै कुरामा सुधार गर्नसक्ने पनि उनको भनाई थियो ।

भिडियो:

jhadu

jhadu3