धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले जनतासँग कर मात्र असुल्ने नभै स्थानीय सरकार भएको प्रत्याभूति पनि दिलाउने बताएका छन् ।

उपमहानगरपालिकामा सपथ ग्रहण गरिसके पछि मेयर राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले स्थानीय सरकार छ भनेर जनतालाई थाह हुने गरि काम गर्ने पनि बताए । ‘सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन,’मेयर राईले भने,‘सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएको छ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महशुस हुनुपर्छ ।’

आफ्नो जिम्मेवारी बढेको भन्दै मेयर राईले जनताको विश्वास पुरा गर्ने गरि काम गर्ने पनि बताए । थुप्रै चुनौतीहरु भएकोले राजनीतिक दल, संघसंस्था, नागरिक समाज सबैले धरानलाई सुशासित र विकसित बनाउन सहकार्य, सहभागिता गर्न पनि उनले आह्वान गरे । ‘सबैको सहकार्य र सहभमागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ,’उनले भने ।

जुनसुकै पार्टीको मान्छे भएपनि जनताबाट जितेर गएका सबैको लक्ष्य सुशासन र विकास भएकोले मिलेर नै काम गर्ने पनि मेयर राईले बताए । दलीय भावना बोकेर हिडेमा धरानको विकास रोकिने भन्दै उनले आफु अभिभावककोरुपमा रहेर सबैलाई मिलाएर लैजाने पनि बताए । ‘सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छुँ । जे जस्तो हुँ, समन्वयकारी भुमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ, अभिभावकत्व पुरा गर्छु,’उनले भने ।

dharan-mayor-harka-sampang

नगरपालिकालाई पारदर्शी बनाउन सुचना नपाउने, थुनिनुपर्ने स्थितिको अन्त्य गर्ने पनि मेयर राईको भनाई थियो । ‘धरान उपमहागरनपािलका पिओर जनमुखी हुन्छ । चाहिने कुरा दिन्छौ । सुचनाको हक अन्तर्गत पारदर्शिता गछौ । भ्रष्टचार न्युनीकरण गछौं,’उनले भने । 

खानेपानीको लागि व्यवस्थापन र उत्पादन बढाउन स्रोत थप गर्न ध्यान दिने पनि उनले बताए । साथै, खानेपानी आयोजना प्रोजेक्ट किन असफल भयो भनेर खोजी गर्ने पनि उनले बताए ।  वीपी प्रतिष्ठानको बेथिती अन्त्यको लागि पहिला सेवालाई चुस्त दुरुस्त बनाउन आफ्नो पहल हुने पनि मेयर राईले बताए । यस्तै, अहिले जारी सेभ घोपा क्याम्प आन्दोलनलाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका उपकुलपतिलाई पत्राचार गर्ने पनि उनले बताए । ‘वीपीलाई जवाफ दिनु भनेर पत्र पठाउछुँ । युवाहरुलाई जवाफ दिनुभन्छुँ । म आफै आनदोलन गरेर आएको हुँ, आन्दोलन रोक्ने नीति लिन्न । आन्दोलनले के भन्न खोजेको छ ? युवाहरुले के भन्न खोजेको हो, सम्बोधन गर्नुपर्छ । जवाफदेहिता हुनुपर्छ,’मेयर राईले भने ।

भिडियो: