धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा ७ औं ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प सुरु भएको छ ।

बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आजदेखि क्याम्प सुरु भएको हो । क्याम्पमा एसइइ दिएर बसेका विद्यार्थीसंगै कक्षा १० मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेभलका गरि ५० जना भन्दा बढी सहभागिता जनाएका छन्।

बास्केटवल खेलको विकाससंगै उदयीमान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले क्याम्प आयोजना भएको हो । क्याम्पमा सहभागी एसइइ दिएका विद्यार्थी मध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृतिmका लागि सिफारिस गरिने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । ती विद्यार्थीहरुलाई धरान मेघा कलेज, एम्स एकेडेडी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडी कलेजमा छात्रवृतिको लागि सिफारिस गरिने पनि अध्यक्ष सुवेदीले बताए । 

basket

संघको सिफारिसमा विगत लामो समयदेखि खेलाडीहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा बढि विद्यार्थीहरुलाई छात्रवृतिमा अध्यापन गराइरहेको आयोजक धरान बास्केटवल संघले जनाएको छ । क्याम्पको उद्घाटन कार्यक्रममा एम्स एकेडेमिका तर्फबाट ५ वटा बास्केटवल र धरान मेघा कलेजको तर्फबाट ३ वटा बास्केटवल आयोजकलाई प्रदान गरिएको थियो । सहयोग प्राप्त वल एम्स एकेडेमिका प्राचार्य मित्र तामाङ र धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले क्याम्पका प्रशिक्षकहरुको हातमा हस्तान्तरण गरेका थिए ।

सहभागीहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगिको रुपमा हेमत्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्वु, कविन मगर र दिवस राईले प्रशिक्षण दिनेछन् । असार १९ गतेसम्म हुने ट्रेनिङ्ग क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा आयोजना हुनेछ ।

basket2

basket5

basket4