धरान: यही असार ५ गतेदेखि सुरु भएको सातौ ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प २४ औ दिनमा आज सकिएको छ । 

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित ट्रेनिङ्ग क्याम्पका प्रशिक्षक तथा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमको समापन गरिएको हो । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीर धरान उपमहानगरपालिका कार्यपालिका सदस्य अनुप देवानले प्रमाणपत्र वितरण गरेका थिए ।

     बास्केटवल खेल विकास तथा प्रतिभावान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत एक दशकभन्दा बढी समयदेखि बास्केटवल संघले ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । एसइइ दिएर बसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ्ग क्याम्पमा एसइइ दिएका विद्यार्थीसँगै १० कक्षा मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेवलका गरि ५० जना भन्दा बढिले सहभागिता जनाएका थिए । 

basket5

एसइइ दिएका विद्यार्थी मध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृत्तिका लागि बास्केटवल संघले सिफारिस गर्ने गरेको छ । यो पटक करिव डेढ दर्जन विद्यार्थी खेलाडिहरुलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमि, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृतिको लागि सिफारिस गरिने संघका अध्यक्ष सुवेदीले बताए ।संघको सिफारिसमा विगत लामो समय देखि विद्यार्थी खेलाडिहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा वढि विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस गरि अध्यपन गराइरहेको आयोजक धरान बास्केटवल संघले जनाएको छ ।

basket1 1

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा आयोजित क्याम्पमा सहभागीहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, सहयोगीको रुपमा हेमन्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्वु, र दिवस राईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राईलगायतको उपस्थिति रहेको थियो । 

basket2

basket3

basket4