धरान: मेयर हर्कराज राई (साम्पाङ)ले धरानकी पुर्वउपप्रमुख मञ्जु भण्डारी नामको फेसबुक आइडिबाट जातीय सद्भाव भड्काउने मनसायको स्टाटसले उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मेयर साम्पाङले आज एक विज्ञप्ती जारी गर्दै उक्त कार्यले सामाजिक एकता र सद्भाव विभाजित गर्न खोजिएको भन्दै पछिल्लो गतिविधिबाट कोही पनि नगरबासीहरु विचलित नहुन र आवेशमा आएर कसैप्रति लक्षित गरि कुनै असामान्य प्रतिक्रिया नगर्न पनि अनुरोध गरेका छन् । यस्तै, नगर सरकार सम्पुर्ण जाति, भाषी, धर्म, वर्ग र लिंगको भावनालाई समेटेर धरानको समग्र विकास र समृद्धिको निम्ति प्रतिवद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख छ । 

मेयर साम्पाङले मञ्जु भण्डारी नामको फेसबुक आइडिबाट जातीय सद्भाव भडकाउने मनसायको फेसबुक स्टाटस लेख्नेलाई सत्यतथ्य छानबिन गरी कानुनको दायरामा ल्याएर हदैसम्म कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । उनले आगामी दिनमा यसखालका गतिविधिहरुक कोही कसैबाट नगर्न पनि मेयर साम्पाङले हपिल गरेका छन् । 

harka-release