धरान: मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित मिराकल थ्री वाइ थ्री महिला पुरुष ओपन बास्केटवल प्रतियोगिताको उपाधि यलम्वर बास्केटवल क्लवले चुमेको छ।

धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लवले जितेको हो । यलम्वरले प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा आयोजक मिराकल व्ल्याकलाई ७ –१ र पुरुषतर्फ व्रदशलाई १३–५ अंकको अन्तरले पराजित गर्दै दुवै उपाधि माथि कव्जा जमाएको हो । उपाधिसंगै यलम्वर महिला टिमले नगद ४ हजार, पुरुष टिमले नगद १० हजार रुपैया, ट्रफि र प्रमाणपत्र हात पारे । उपविजेता महिला तर्फ मिराकल व्ल्याक टिमले नगद दुई हजार रुपैया, पुरुष तर्फ व्रदशले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र हात पारेको छ ।

यसैगरि, प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको महिला र पुरुष तर्फका दुवै उपाधि यलम्वर क्लवका सितल तामाङ र दिवस राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, मिराकल बास्केटवल क्लवका अध्यक्ष सन्तोष तामाङ्ग र प्रदेश १ का बास्केटवल मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए ।  

प्रतियोगिताको सेमिफाइनल खेलमा महिला तर्फ यलम्वर टिमले रेड डेभिल्सलाई ५–४ र मिराकल व्ल्याकले धरान मेघा कलेजलाई ६–१ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । त्यस्तैगरि पुरुष तर्फ व्रदसले लिजेन्ड टिमलाई ८–७ र यलम्वरले धरान मेघा कलेजलाई १२–५ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा धरान र धरान वाहिरका गरि महिला तर्फ एघार वटा टिम र पुरुष तर्फ २७ वटा टिमले सहभागिता जनाएको थियो ।