धरान: ९औ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुनाज फिटनेसमा निःशुल्क प्रयोग गर्न दिने भएको छ ।
सञ्चालिका झुना राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुलाई फिटनेसका लागि आफ्नो सेन्टर निःशुल्क रुपमा प्रयोग गर्न दिने भएका हुन् । यही भदौ ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडीहरुले धरान रंगशालास्थित कर्भड हलमा प्रशिक्षण गरिरहेका छन । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले राईले आफ्नो फिटनेस उपलव्ध गराएकी हुन् । राई सुनसरी बास्केटवल संघका पुर्वकोषाध्यक्ष समेत हुन् । झुनाज फिट्नेसमा जिम हल, जुम्बा, एरोबिक, स्विमिङ, स्पा, मसाज, सौना बाथ, पेडिकेयर, ब्युटिपार्लर लगायतको सुविधा रहेको छ ।
सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल तामाङ्ग, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्वु, संझना राई, सेरिना लिम्वु, आशा लामा, एल्भिना गुरुङ्ग, नुमा लिम्वु र तनिशा श्रेष्ठ रहेकी छिन् । यस्तै, पुरुष तर्फ विवेकमणी श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दिप श्रेष्ठ, समिर राई, नविन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन् ।
प्रशिक्षणमा रहेका सुनसरीका खेलाडीहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । छनौट प्रतियोगिताबाट प्रदेश १ महिला र पुरुष बास्केटवल खेलाडि छनौट गरिनेछ । छनौट भएका खेलाडिहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गते देखि सुरु हुने ९ औ राष्ट्रिय प्रतियोतिामा प्रतिस्पर्धा जनाउने संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।