धरान: लायन्स क्लव अफ हेल्पिङ्ग ह्याण्ड धरानले धरान रंगशालास्थित कभर्ड हल परिसरमा सरसफाइ गरेको छ । 

९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल रहेको धरान १६ स्थित कभर्डहल परिसरमा शनिबार सरसफाई गरेको हो । क्लवले सुनसरी बास्केटवल संघ, धरान वास्केटवल संघ र जुडो संघ सुनसरीसँग सहकार्य गरेर सरसफाइ गरेको जनाएको छ । भदौ ३० गते देखि ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि केही खेलको छनौट प्रतियोगिता यो कर्भडहलमा हुदैछ ।

    प्रदेश १ भरिको खेलाडिहरुले प्रतिस्पर्धाका लागि सहभागी हुने कभर्डहल परिसर वरिपरि फोहोरको थुप्रो र झाडी भएकोले सरसफाइ गरिएको लायन्स हेल्पिङ्ग ह्याण्का अध्यक्ष जुली लिम्वुले बताए । झाडी र फोहोरको थुप्रो सफा गर्न थप दुई दिन लाग्ने पनि उनले जानकारी दिए ।

kavard-hall3

धरानमा ६ खेलको प्रदेश १ खेलाडी छनौट प्रतियोगिता हुने बताइएको छ । ती मध्ये कराते, जुडो र महिला तथा पुरुष बास्केटवल खेलाडी छनौट यहि धरान रंगशालाको कर्भडहलमा हुनेछ भने बक्सिङ, साइक्लिङ्ग र वुद्धिचाल खेल धरानको अन्य खेल स्थलमा हुने भएको छ  । छनौटका लागि धरानमा प्रदेश १ भरिका एक हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई जानकारी दिए ।

भाद्र ३० गतेदेखि कराते बास्केटवल र जुडो खेलको प्रदेश १ खेलाडि छनौट कर्भडहलमा हुनेछ। सरसफाइमा बास्केटवल संघका पदाधिकारी, प्रदेश १ बास्केटवलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश १ खेलकुद विकास समिति सदस्य एवं बास्केटवल खेलाडि छनौट संयोजक रोशनी राई, सुनसरी बास्केटवल खेलाडी, जुडो खेलाडीहरु सहभागी थिए । प्रदेश १ छनौट प्रतियोगिताका लागि सरसफाई कार्यको अयोजना गरि सहयोग गरेकोमा लायन्स क्लव, जुडो संघ बास्केटवल संघ तथा उपस्थित खेलाडीहरुलाई प्रदेश १ खेलकुद विकासका बोर्डका सदस्य रोशनी राईले धन्यवाद दिएकी थिइन् । 

kavard-hall1

kavard-hall