धरान: ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल टिममा छनौट भएका आफ्ना विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेजले बधाइ तथा शुभकाना दिएका छन् ।

बिहिबार धरान ९ स्थित क्लाउड नाइन रेष्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि मेघा कलेजले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि वधाइ तथा शुभकाना दिएका हुन् । यहीअसोज २८ गते देखि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बास्केटवल खेलतर्फ प्रदेश १ टिमका लागि धरान मेघा कलेजका ५ जना महिला र ३ जना पुरुष खेलाडिहरु छनौट भएका छन् ।  छनौट भएका महिला तर्फका खेलाडिहरुमा तनु राई, आस्था राई, सितल तामाङ, सम्झना राई र निरुता राई रहेका छन् । 

basket2

यसै गरि पुरुष तर्फ दिवस राई, सविन राई (समिर) र योक राई रहेका छन् । उनीहरुलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले खदा लगाएर वधाइ दिदै सम्मान गर्नुका साथै राष्ट्रिय प्रतियोगिताका लागि शुभकामना दिएका हुन् । कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले समेत आफ्नो भनाइ राख्दै खेलाडिहरुलाई वधाइ तथा शुभकामना दिएका थिए ।

basket1 1

असोज ६ गते देखि ८ गते सम्म धरान १६ स्थित धरान रंगशाला कभर्डहलमा प्रदेश १ महिला र पुरुष बास्केटवल खेलाडि छनौट प्रतियोगिता सम्पन्न भएको थियो । छनौट प्रतियोगिताबाट फुल कोर्ट तर्फ महिला र पुरुष १२/१२ जना र थ्री वाई थ्री तर्फ महिला र पुरुष ४/४ जना खेलाडि छनौट भएका थिए । उनीहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । बधाइ तथा सुभकामना कार्यक्रममा महिला राष्ट्रिय बास्केटवल खेलाडि एवं प्रदेश १ टिम क्याप्टेन डा। आशा राई, प्रदेश १ बास्केटवल खेलाडी हेमन्त राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी सदस्य संजय याक्खा लगायतको उपस्थिति रहेको थियो ।