धरान: प्रदेश १ स्तरिय दुई दिने थ्री बाई थ्री महिला बास्केटवल प्रतियोगितामा धरान मेघा कलेज ए टिम च्याम्पियन भएको छ ।

धरान मेघा कलेजले शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अंकले पराजित गर्दै च्याम्पियन भएको हो । सहज जित हात पारेसँगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल पाएको छ । उपविजेता टिमले नगद १ हजार ५ सय, ट्रफि र मेडल प्राप्त गर्यो । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि धरान मेघा कलेजका डा. आशा राई घोषित भइन् । उनले ट्रफि र मेडल प्राप्त गरिन् । 

महिला खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि यु १८का पुर्व राष्ट्रिय खेलाडि रवि वास्फोरको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । धरान १७ होराइजन टोलस्थित श्री माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा धरान मेघा कलेज ए र वि टिम, युवा जागृति ए र वि टिम, रेड डेभिल्स ए र वि टिम, होलिल्याण्ड स्कुल, टिम विर्तामोड, तिम होस्ट विर्तामोड, सिसिटि हात्तिसार र मिराकल बास्केटवल टिमले सहभागिता जनाएको थियो ।