धरान: यलम्वर ओपन रनिङ्ग बास्केटवल प्रतियोगिताको उपाधि आयोजक यलम्वर बास्केटवल टिम ए ले जितेको छ । 

यलम्वर क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकले तरहरा बास्केटवल टिमलाई ६४–४४ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै यलम्वरले नगद पुरस्कार २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

फाइनल खेलको प्रत्येक क्वाटरमा यलम्वल र तरहरा टिमले १२–१३, १६–९, २६–१० र १०–१२ अंक जोडेका थिए । यलम्वर क्लवलाई उपाधि दिलाउन यलम्वर क्लवका दिवस राईले व्यक्तिगत २१ अंक जोडे । प्रतियोगिताको एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर)को उपाधि यलम्वर क्लवका मनिष तामाङ घोषित भए । उपाधि संगै उनले नगद ४ हजार रुपैया र ट्रफि प्राप्त गरे ।

yalamber1 1

फाइनल खेलको म्यान अफ द म्याच यलम्वर क्लवका टिम क्याप्टेन विवेक श्रेष्ठ घोषित भए । उनले नगद २ हजार रुपैया र ट्रफि प्राप्त गरे । यसैगरि प्रतियोगिताको राइजिङ प्लेयर आयोजक टिमकै योगेश राई घोषित भए । उनलाई नगद ५ सय रुपैया र ट्रफि प्रदान गरिएको थियो ।

     विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान ८ न। वडाका वडाध्यक्ष धनवहादुर राई, विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम राई ज्वाला, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, सिदार्थ जिमहलका अध्यक्ष नरेश राई, प्रतियोगिता संयोजक युगल लिम्वु लगायताले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता कार्तिक २० गते देखि धरान ८ सिदार्थ मार्ग स्थित यलम्वर खेल मैदानमा संपन्न भएको थियो । प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघले गरेका थिए ।

yalamber2