मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) बाट लोकतान्त्रिक वाम गठबन्धनले रेवतीरमण राईलाई उम्मेद्वार बनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता रहेका राई धरान १८ निवासी हुन् । कलम चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथले चुनाव जित्ने आशामा छन् ।

उम्मेद्वार राईको जन्म २०२२ साल असार ६ गते भोजपुरको दिल्पा नागी खोडटाड भन्ने ठाउँमा भएको हो । उनी सानैदेखि लगनशील र दयालु स्वभावका थिए । आफनै गाउँको शारदा प्रावि भोेजपुर डिल्पा वाट प्रारम्भीक शिक्षा लिएका राईले अन्नपुर्ण माध्यमिक विधालयवाट २०४१ सालमा एसएलसी पास गरेका थिए । गाउ घरको दुःखसास्ती पुर्ण जीवनलाई देखेर देशमा सामाजिक आर्थिक परीवर्तन हुनुपर्छ, र यो कम्युनिष्ट आन्दोलनबाट मात्र सम्भव छ भन्ने लागेर उनी २०३५÷३६ सालको विधार्थी आन्दोलनमा लागेका थिए । उनको राजनीतिक जीवनको शुरुवात नै त्यहीबाट भएको हो । 

पार्टिका ईमान्दार सिपाही

उनले सादा जीवन उच्च विचार लाई सधै आत्मासाथ गरे । २०४९ सालमा पार्टी सदस्यता पाएका थिए । पार्र्टीको निर्देशनलाई शिरोपरी ठान्ने राईलाई पार्टीले धेरै जिम्मेवारी पनि दियो । २०३९ साल तिर डिल्पा नाभी ६ भोजपुरको अध्ययन मण्डलको अध्यक्ष भएका थिए भने डिल्पा अन्नपुर्ण मावि भोजपुरको अनेरास्ववियु पाँचौको प्रारम्भीक कमिटिको सचिव (२०३७) भएका थिए । 

यसैगरी एस वाई एल पार्टी सदस्य एरीया कमिटिको सचिव (२०४० ४१ )एसवाईएल कै एरिया कमिटीको काठमाण्डौको सचिव (२०४५) भए । त्रिचन्द्र कलेज क्याम्पस प्याक एरिया गु्रपको सदस्य )२०४६), सह प्रा,क, को उपाध्यक्ष सुनसरी (२०४२)हुदै अनेरास्ववियु काठमाण्डौ जिल्ला कमिटीको सदस्य (२०४७)अनेरास्ववियु धरान नगर कमिटिको उपाध्यक्ष सम्म भएर विधार्थी संगठनलाई हांकेका थिए । त्रिचन्द्र कलेजमा अध्ययन गर्दा उनी अनेरास्ववियु पाचौ र नेपाल प्रगतिशील विधार्थी संघ युनियन विधार्थी फेडेरेशन एकिकरण भए पछि काठमाण्डौ जिल्ला सम्मेलन आयोजक कमिटि (२०४८) को सदस्य भएर काम गरेका थिए । 

विदेशमा पनि पार्टीको काम 

rewati1

नेपालमा अध्ययन सकेर उनी केही वर्षको लागी वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया पनि पुगे । त्यहाँ उनले झण्डै ६ वर्षसम्म काम गरेर विताए । तर, त्यहाँ हुँदा पनि उनले पार्टीको कामलाई भने जारी नै राखेको थिए । २०५१ देखि २०५६ सालसम्म नेकपा एमाले दक्षिण कोरिया पार्टी कमिटिको उनी सचिव थिए । वदेशमा वस्ने मजदुरहरुको संगठन जिफन्ट दक्षिण कोरियाका सचिव (२०५३/०५६) भएर पनि काम गरे । पिपुल भोलेन्टयर्स सुनसरी जिल्ला कमिटिको सदस्य (२०५७),नेकपा एमाले मजदुर  इलाका कमिटि सुनसरीको सदस्य उपसचिव (२०५७ /२०६५) भएर पनि पार्टिमा सकृय रहे । 

विदेशवाट फर्किए पछी उनले राजनीतिक यात्रालाई थप निरन्तरता दिए । उनी २०६६ मा नेकपा एमाले १ नं निर्वाचन क्षेत्रीय कमिटिको सचिव भए । २०७६ एमाले सुनसरी जिल्ला कमिटि सदस्य समेत भएका थिए । व्यवसायिक पेशागत संगठन नेपाल सडक व्यापार श्रमिक संघको उनी सस्थापक केन्द्रिय सदस्य (२०६४)भएका थिए । पार्टिको जातिय संस्था नेपाल लोकतान्त्रिक किरांत राई संघका केन्द्रीय सदस्य पनि भए । 

२०७८ सालमा पार्टी अध्यक्ष केपी ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेपछि उनी पनि असन्तुष्ट थिए । नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालेले एमाले छोडेर नेकपा एकिकृत समाजवादी गठन गरेपछि राई पनि उक्त पार्टीमा आवद्ध भए । उनलाई पार्टीले धरान उपमहानगर कमिटी अध्यक्षको जिम्मेवारी दियो । उनले पार्टीलाई शुन्यवाट शुरु गरे, र गएको स्थानीय चुनावमा सहभागी गराए । परिणाम आउन नसके पनि पार्टीलाई जनतामाझ पुर्याए । 

rewati 1

उनी सामाजिक काममा पनि सक्रिय छन् । उनी किरात राई यायोक्खा प्राकस १८ सचिव, सुनसरी जिल्ला कार्य समितिका उपसचिव, देवीथान संरक्षण तथा व्यवस्थापन समितिका धरान १८ का सचिव, उपाध्यक्ष हुदै हाल अध्यक्ष रहेका छन् । किरांत राई वान्तवा रुछेतुड केन्द्रिय अध्यक्ष पनि छन् भने किरात राई वान्तवा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठानका केन्द्रिय महासचिव, भोजपुर सुनसरी समाजका अध्यक्ष भईसकेका छन् ।

  वातावरण क्षेत्रको विकाश लागी उनले सप्तरंगी पार्क धरान १७ मा स्थापना भएको जैविक विविधता पार्कको व्यवस्थापन समितिमा पनि उपाध्यक्ष भएर खुव खटिएका थिए । नेपाल  रेडक्रस सोसाईटी घोपा उपशाखा समितिको सदस्य भएर पनि काम गरेका छन् । आफनो पहाडको गाउँका गरीव, मेधावी विधार्थीहरु पढनबाट बञ्चित नहोस् भनेर उनले आफना स्वर्गीय मातापिता तथा बाजेको नाममा आधा दर्जन जति छात्रावृति अक्षय कोषहरु  स्थापना गरी दिएका छन् । 

यस्तो छ चुनावी एजेण्डा

rewati2

 गठबन्धनको तर्फबाट पार्टीले उम्मेद्वार बनाएपछि उनी घरघरमा भोट माग्दै पुगिरहेका छन् । उनी राजनीति जनताको सेवाको लागी गर्नु पर्छ भन्ने मान्यता राख्छन् । जनताले नै वलिदान गरेर ल्याएको लोकतन्त्रिक गणतन्त्र, संघीयतालाई बचाउन पनि आजको मुख्य कर्तव्य भएको उनको बुझाई छ । लोकतन्त्र विरोधी शतिmलाई परास्त गर्दै देशको समग्र विकाश र सुशासन कायम राख्न पनि आफुलाई भोट दिनुपर्ने उनले बताए । 

धरानको खानेपानी समस्यालाई दिर्घकालिन समाधान गर्न सकिने भिजन आफुसँग भएको राईले बताए । निर्वाचनमा विजयी भए पनि नभएपनि धरानदेखि भरौल, वक्लौरी जस्ता तराईका गाउँहरुसग जोडने सडक निर्माणमा लागि पर्ने उनले बताए । यसैगरी यसक्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाश गर्न सडक संजाललाई जोडने र आन्तरीक र वाह्य पर्यटकहरु भित्रयाउने गुरु योजना थाल्ने पनि उनले आफनो योजना भएको बताए ।  ठाउँ, हावापानी अनुसारको कृर्षिवाली लगाउन यहाका कृषकहरुलाई प्रोत्साहन स्वरुप कृषी अनुदान, तालिम दिने व्यवस्था गर्ने आफनो मुल काम हुने उनले बताए । यसैगरी युवाहरुलाई रोजगारको व्यवस्था मिलाई विदेश पलायन हुन वाट रोक्नुको साथै लागुपदार्थ दुव्र्यसनको दलदलवाट पनि वचाउने आफनो सपना, योजना भएको राई बताउछन ।