धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेको छ । 

मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउराली चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्वु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए ।

depo1

लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्ली पव्लिक र हिविकस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । दिल्ली पव्लिकले विष्णु स्कुललाई २–० र हिविकस स्कुलले नोवेल स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वुधावारदेखि सुरु हुने सेमिफाइनलमा पहिलो खेल विष्णुविरुद्ध वराह राइजिङ्ग र हिविकस विरुद्ध एक्वा एकेडेमी मैदानमा उत्रनेछ । 

मंगलवार भएको क्वाटर फाइनल खेलमा इमानुयलका विश्व राई र दोस्रो क्वाटर फाइनल खेलमा देउराली चिल्ड्रेनका आमोस राई म्यान अफ द म्याच घोषित भए । उनिहरुले ट्रफि र प्रमाणपत्र पाएका छन् ।