धरान: फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजना प्रदेश १ स्तरिय सिङ्गिङ आइडल सिजन ३ र डान्सिङ्ग आइडल सिजन २ हुने भएको छ ।

एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुने सिङ्गिङ र डान्सिङ्ग आइडलको ग्राण्ड फिनाले २०८९ जेष्ठ ३१ गते हुने भएको छ ।  सहभागिताको लागि चैत्र तेस्रो हप्तादेखि ओखलढुङ्गा जिल्लाबाट अडिसन सुरु गरिने आयोजक फक्ताङलुङ मिडियाका अध्यक्ष डम्वर तुम्वापोले पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

पहिलो चरणमा प्रदेश १ भरिका करिव दश वटा जिल्लामा गएर अडिसन लिइनेछ। पहिलो चरणमा छनौट भएकाहरु दोस्रो र तेस्रो छनौट चरण पार गर्दै फाइनमा प्रतिस्पर्धा गर्ने अध्यक्ष तुम्वापोले बताए । फाइनल चरणका लागि सिङ्गिङ र डान्सिङ्गबाट १०÷१० जना छनौट गरिनेछन्। फाइनल चरणका लागि छनौट भएकाहरुलाई आयोजकले करिव तिन हप्ता सम्वन्धित विषयका दक्ष प्रशिक्षकहरुबाट तालिम दिनेछ ।

प्रतियोगिताका विजेताले नगद पचास हजार, ट्रफि र ३ लाख रुपैया बराबरको प्लस टु अध्ययनका लागि छात्रवृति प्राप्त गर्नेछन् । दोस्रोले नगद ३० हजार, ट्रफि र प्लस टुका लागि ८० प्रतिशत छात्रवृतिm र तेस्रो हुनेले नगद २० हजार, ट्रफि र प्लस टु अध्यनका लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । प्रतियोगिताको फिनाले धरान १५ स्थित किरात याक्थुम चुम्लुङको चुम्लुङ भवनमा हुनेछ ।