धरान: प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब च्याम्पियन बनेको छ ।
आज ( शनिबार राति) धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनल खेलमा २-० गोल अन्तरले नेपाल पुलिस क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको हो । एपीएफको जितमा रश्मीकुमारी घिसिङ र अनिता केसीले गोल गरेका थिए । दुवै गोल ३० मिनेटको अतिरिक्त समयको खेलमा भएको थियो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयको पहिलो हाफको तेस्रो मिनेटमा एपीएफकी जर्सी नम्बर १९ की रश्मिले पहिलो गोल गरिन्। यस्तै, दोस्रो हाफको खेल सकिन लाग्दा अनिताले उत्कृष्ट गोल गर्दै एपीएफलाई च्याम्पियन बनाइन् ।
च्याम्पियन बनेको एपिएफले उपाधि ट्रफीसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता पुलिसले नगद ३ लाखमा चित्त बुझाउन बाध्य भयो । कार्तिक २८ गतेदेखि शुरु भएको प्रतियोगितामा भारतको झारखण्ड राज्यको अक्वा क्लबसहित कुल ८ टिम सहभागी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्