धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगिताको धरान लिगामेन्टले तेस्रो स्थान जितेको छ । 

तेस्रो स्थानको लागि बिहिवार भएको खेलमा लिगामेन्टले हिमशिखर तरहरालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फ एक÷एक गोल मात्र हुन सकेपछि खेल टाइव्रेकमा धकेलिएको थियो । टाइव्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा लिगामेन्टले जित निकालेको हो । 

विजेतालाई शुक्रवार समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक डिपो स्कुलले जनाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा हिमशिखर तरहराका आशिष भट्टराई म्यान अफ द म्याच घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

लेट दिलवहादुर प्लेट च्याम्पियनका लागि भएको फाइनल खेलमा एक्वा स्कुलले उपाधि जितेको छ । फाइनल खेलमा वराहलाई १–० को जित निकाल्दै उपाधि माथि एक्वाले कव्जा जमाएको हो । खेलमा एक्वाका ससिम राईले गोल गरेका थिए । प्लेटका विजेता तथा उपविजेतालाई शुक्रवार फाइनल खेल पछि पुरस्कार वितरण गरिनेछ। १७ औ डिपो कपको उपाधिको लागि भने शुक्रबार फाइनलमा पुलिस स्कुल र इस्टर्न एकेडेमी भिड्नेछ ।