धरान:अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रबारदेखि पहिलो धरान उपमहानगरस्तरिय अखिल फुटवल रनिङ्ग कप २०७९ हुने भएको छ । 

पौष २२ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । माविस्तरीय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभागिता जनाउने भएको छ । प्रतियोगितामा ११ वा १२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

    आयोजकले वुधवार खेल तालिका तयार गरि सार्वजनिक समेत गरेको छ । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा धरान मेघा कलेज वि टिम र डिपो आर्दश कलेजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार रुपैया, उपविजेताले नगद २२ हजार रुपैया, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत विद्यातर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडि, हाइ स्कोरर, वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडिलाई ट्रफि र प्रमाण प्रदान गरिने अयोजक अनेरास्ववियु नगर कमिटीअध्यक्ष समिट कार्कीले जानकारी दिए।

 प्रतियोगिताको सम्पुर्ण खेल केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरानको खेल मैदानमा हुनेछ । खेल मैदान सानो भएकोले ८ साइजको खेल खेलाइने आयोजक अनेरास्ववियु नगर कमिटी सहसचिव रोहन केसिले बताए।