धरान: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)द्धारा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श, सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
एनप्याब्सनको खेलकुद सप्ताह अन्तर्गत वुधवारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान आदर्शले नवोदयलाई, धरान आदर्शले कार्मेल स्कुललाई ३७-७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७-१८ र लोटसले सियोनलाइ २८-१५ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । नवदयले भने मेघा कलेजलाई वाकओभर दिएको थियो ।
यसैगरि महिला तर्फ धरान आदर्शले जुनियर पायनोरलाई २५-४, सियोनले मेघालाई १५-१३, पर्वतले नवज्योतिलाई १७-१५को अंकको अन्तरले पराजित गरेको थियो भने युएन स्कुलले कार्मेल स्कुललाई वाकओभर दिएको थियो ।
बिहिबार हुने सेमिफाइनलमा पुरुषतर्फ मेघा कलेजले धरान आदर्श र नवज्योतिले लोटससँग प्रतिस्पर्धा गर्नेछ । महिला तर्फ धरान आदर्शले सियोन र कार्मेलले पर्वतसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक एवं धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा विशेष अतिथी एनप्याब्सनका केन्द्रिय सचीव राजेन्द्र गुरुङ्ग, प्रदेश १ कोषाध्यक्ष प्रभाष राजवंशी, अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ । प्रतियोगिताका विजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुने आयोजकले जनाएको छ ।