धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले डा.गिरी विरुद्ध आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । 

यसैगरि, डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि भ्रष्टचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उपकुलपति डा.गिरीलाई प्रोफेसर पद अनुमोदनको लागि काठमण्डौं विश्वविद्यालयमा सिफारिश गर्नसक्नेमा नियुक्ती दिएको र त्यसैको आधारमा डा.गिरीले प्रोफेसर पद प्रयोग गरेको देखिएकोले मतियारकोरुपमा भुमिका देखिएको भन्दै डा.कार्कीलाई पनि भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको आयोगका प्रवक्ताले विज्ञप्तीमार्फत जनाएका छन् ।  

यस्तो छ आयोगको विज्ञप्ती

प्रेस विज्ञप्ति:

              ( मिति २०७९।१०।०९ गते ।

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा। ज्ञानेन्द्र गिरीले वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस्‍ भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।

साथै प्रतिवादी डा। ज्ञानेन्द्रमान सिंह कार्कीले डा। ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने ।

 प्रवक्ता

श्याम प्रसाद भण्डारी