मोरङ: मोरङको बिराटनगर महानगरपालिका १९ की २८ बर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन् ।

फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको थियो । उक्त घटनामा जिल्ला प्रहरी कार्यालयका डिएसपीसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।