धरान: सर्लाहीको बागमति युवा क्लबलाई हराउदै २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवालाई १–० को गोलअन्तरले हराउदै एभेनियर सेमीफाइनल प्रवेश गरेको हो । पहिलो हाफको १४ औं मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । 

खेलअवधिभर दुवै टोलीबाट गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न भने सकेनन् । खेलको म्यान अफ दि म्याच बागमती युवाका आयुष राना घोषित भए । उनले नगद १० हजार हात पारे । उनलाई धरानका उपमेयर अइन्द्रबिक्रम बेघा र व्यवसायी कुन्दन श्रेष्ठले पुुरस्कार वितरण गरेका थिए ।  प्रतियोगितामा भोली (सोमबार) झापाको केएफटिसी र नेपाल पुलिस क्लब बीच खेल हुने ।

भिडियो:

    camroon1

camroon-vs

camroon2