धरान: नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापाको काकडभिट्टा ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा सोमबार भएको खेलमा पुलिसलाई २-० ले हराउदै काकडभिट्टा सेमीफाइनल प्रवेश गरेको हो । झापाको जितमा दुवै गोल निशान लिम्बुले गरेका थिए । निशानले पहिलो हाफको २० औं मिनेटमा र दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित हुदै निशानले नगद १० हजार पनि हात पारे ।

IMG_0272

बुढासुब्बा गोल्डकपको सर्वाधिक उपाधि विजेता मध्येको एक पुलिसले भेला सिलवाल, सुमन सुवेदीसँगै अधिकांश नयाँ युवा खेलाडीहरुलाई मैदानमा उतारेको थियो । सिनियर तथा अनुभवी खेलाडी जुमानु राई दोस्रो हाफमा मैदानमा प्रवेश गरेपनि पुलिसको हार टार्न सकेनन् । काकडभिट्टाका प्रशिक्षक मुन्ना सुब्बाले पहिलो हाफमा नै २ ० को अग्रताको अपेक्षा गरिए पनि अवसर खेर फालेको प्रतिक्रिया दिए । नेपाल पुलिसका सिनियर खेलाडी भोला सिलवालले लिगको तयारीको लागी टिममा अधिकांश नयाँ खेलाडीहरु भएकोले तालमेल नहुँदा हार भएको प्रतिक्रिया दिए ।

भिडियो:





IMG_0289