धरान: धरान १६ स्टेडियम लाइनस्थित जेनिथ ईङलिस बोर्र्डिङ स्कुलमा नर्वेबाट स्नातक अध्ययनरत ७ जना विद्यार्थीहरु आएका छन् । 

उनीहरुलाई बुधबार विद्यालयका निर्देशक समुन जवेगु, प्रिन्सिपल पुजा ताम्राकार, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले स्वागत गरेका थिए । नर्वेको एनटिएनयु युनिभर्सिटीसँग जेनिथ् स्कुलले विगत ७ बर्षदेखि सहकार्य गर्दै आएको छ । यी दुई संस्थाबीच एकअर्काको पठनपाठन विधि र शैलीबारे ज्ञान, अनुभव आदनप्रदान गर्न सहकार्य गरेको हो ।

जेनिथ् स्कुलका निर्देशक जवेगुका अनुसार नर्वेबाट सुश्रि ओदा, क्रिष्टिना, फोरजेन्सेन, मारिया, सिल्जे, सेलिना र जिने आएका हुन् । उनीहरु उक्त विश्वविद्यालयका स्नातक अन्तिम बर्षका इन्टर्न विद्यार्थी हुन् । विगत ७ बर्षदेखि सहकार्य हुदै आए पनि विगत २ बर्ष भने कोभिड महामारी र लकडाउनको कारण विद्यार्थीहरु आएका थिएनन् । कोभिड पछि यसपाली नै ७ जना विद्यार्थीहरु आएको जेनिथ् स्कुलले जनाएको छ ।  

jenith3

जेनिथ् स्कुलमा दुई हप्तासम्म बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई समावेशी शिक्षा कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु गर्दै आएको छ । समावेशी शिक्षा लागु गर्ने जेनिथ् धरानको पहिलो र एकमात्र विद्यालय हो । यहाँ बालमैत्री र अपांगमैत्री बातावरणमा कक्षाहरु सञ्चालन हुन्छ । इन्टर्न विद्यार्थीहरुले पठनपाठनको अवस्थाबारे निरीक्षण गर्ने र समावेशी शिक्षामा स्कुलका शिक्षकहरुसँग सहजकर्ताकोरुपमा काम पनि गर्नेछन् । साथै, नर्वेमा खेलिने खेलहरु खेलाउनेछन् भने नेपालमा खेलिने खेलहरु पनि उनीहरुले सिक्नेछन् । आआफना देशको पठनपाठन विधि र शैली एकअर्कामा आदान प्रदान हुने पनि प्रिन्सिपल ताम्रकारले बताइन् ।

jenith

भयरहित बाताबरणमा ग्लोबल सिटिजेन बनाई ससारको हरेक नागरिकसँग प्रतिस्पर्धा गर्नसक्ने अब्बल नागरिक तयार गर्ने उद्देश्यले नर्वेको युनिभर्सिटिसँग सहकार्य गर्दै आएको पनि प्रिन्सिपल ताम्राकारले बताइन् । उनले भनिन्,‘आफना देशहरुको शिष्टचार आदान प्रदान गर्ने पनि गर्दछौं । नर्वेको जीवनपयोगी व्यवहारहरु सिक्ने, सिकाउने काम पनि हुन्छ ।’

नर्वेका इन्टर्न विद्यार्थीहरुले अन्तिममा विद्यालय र शिक्षामा सुधार गर्नुपर्ने बिषयमा लिखितरुपमा नै सुझावहरु पनि दिने गरेका छन् । यसले जेनिथ्को लागी मात्र नभै समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न उपयोगी हुने निर्देशक जवेगुको भनाई छ । ‘अन्तिममा यो यो कुरामा सुधार ल्याउनुपर्छ भनेर सुझावहरु पनि लिखितरुपमा नै दिन्छन् । कमीकमजोरी छ भने भन्छन् । अहिलेसम्मको अनुभवमा उहाँहरुले विद्यार्थीलाई धेरै कराउन हुदैन, लाठी प्रयोग गर्न हुदैन । शारीरिक सजाय दिनुहुदैन भन्छन् । यो कुरा नेपालमा धेरै हुदो रहेछ भन्छन् ।’

jenith2

jenith1