धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा क्यामरुनको एभेनियर एफसि च्याम्पियन भएको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापालाई १–० ले पराजित गर्दै क्यामरुनी क्लब च्याम्पियन भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको २० औं मिनेटमा एभेनियरले गोल गरेको थियो । डिबक्स नजिकबाट सावा अलीले दोस्रो बार च्याप्दै गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । 

च्याम्पियन एभेनियरले ट्रफीसँगै नगद १० लाख हात पार्यो भने उपविजेता झापाले नगद ५ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका मिलन राई घोषित भए । उनले नगद १ लाख हात पारे । प्रतियोगिता अवधिभर ३ गोल गरेका झापाका निशान लिम्बुले हाइ स्कोररको पुरस्कार नगद ३५ हजार पाए ।

IMG_0645 copy

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर क्यामरुनका सङ्गु, उत्कृष्ट गोलकिपर एन्फा मोरङका प्रनजय गच्छादार, उत्कृष्ट स्ट्राइकर झापाका यमी, उत्कृष्ट मिडफिल्डर क्यामरुनका जोय अल्डो, उत्कृष्ट कोच क्यामरुनका आशिक थापा मगर घोषित हुदै जनही नगद २५ हजार पाए ।

फाइनल खेलका म्यान अफ दि म्याच घोषित हुदै क्यामरुनका रिचर्ड विल्सनले नगद १० हजार थापे भने उदयीमान खेलाडीको पुरस्कार धरानका विनोद राई घोषित हुदै नगद १० हजार पाए । विजेता खेलाडीहरुलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, प्रमुख अतिथि एवं एन्फा केन्द्रीय अध्यक्ष पंकज नेम्बाङ, बिशिष्ट अतिथि धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडाअध्यक्षहरुलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । 

भिडियो: