धरान: प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलन हुँदा घाइते भई उपचारको क्रममा निधन भएका सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को शव बैशाख ९ गते शनिबार अन्त्येष्टी गरिने भएको छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको हिजो बसेको बैठकले सहिद लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर शनिबार बेलबारीमा अन्त्येष्टी गर्ने निर्णय गरेको हो । अन्त्येष्टी अघि शव यात्रा पनि गरिनेछ । बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

यस्तै, दिउँसो साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउदै दिउँसो साढे २ बजे सहिद लाजेहाङको घर बेलबारीमा शव पुर्याइनेछ । साथै, दिउँसो ४ बजे अन्तिम सँस्कार गरिने पनि संघर्ष समितिले जनाएको छ ।

यस्तै, बैशाख १० गते इटहरीमा विरोध सभा गर्ने र ११ गते विराटनगर केन्द्रीत शान्तिपुर्ण विरोध प्रर्दशन गर्ने पनि संघर्ष समितिले निर्णय गरेको संघर्ष समिलिते जनाएको छ । 

*बैशाख हुनुपर्नेमा चैत भएकोमा सच्याइएको छ, र पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । स.