धरान: धरान १२ स्थित एम्स एकेडेमीको आयोजनामा दुई दिने एसईइ फुटसल कप २०८० हुने भएको छ।

एसईइ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर यही बैशाख २९ र ३० गते प्रतियोगिता गर्न लागेको हो । आयोजक एम्स एकेडेमीले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धरान र धरान आसपासका विद्यालयहरुबाट कुल २० टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगिताका संयोजक युवराज अधिकारीका अनुसार प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैयासँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा खेलाडिले एसईई दिएका सम्बन्धित विद्यालयबाट मात्रै सहभागिता जनाउन पाउनेछन् । प्राइभेट एसईइ वाला टिमले सहभागिता जनाउन नपाउने एम्स एकेडेमीका प्राचार्य मित्र तामाङले जानकारी दिए । प्रबेश शुल्क दुई हजार लाग्ने प्रतियोगिताको सम्पुर्ण खेल धरान ११ स्थित मितेरी फुटसलमा हुनेछ ।