धरान: खेलकुदको शहरकोरुपमा चिनिएको धरानमा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ ।

पहिलो पटक काठमाडौंमा आयोजना भएको प्रतियोगिताको दोस्रो सँस्करण भने यसपाली धरानमा हुन लागेको हो । प्रतियोगिता आयोजना गर्न सोमबार धरानमा स्थानीयस्तरमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । भेलाले जीवन राईको संयोजक रहेको आयोजक समिति गठन गरेको हो । समितिको सचिवमा सम्फर तामाङ रहेका छन् भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् । सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ र सदस्यहरुमा रश्मी प्रधान, रिकेश विश्वकर्मा रहेका छन् ।

यो खेल पूर्व क्षेत्रमा नौलो भएको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । उनका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०, ४४, ४८, ५२, ५७, र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ । यस्तै, पुरुषतर्फ पनि ४०, ४४, ४८,५२, ५७, ६३, ७३ साथै ७३  तौल माथि समूहमा हुनेछ ।